|  

सुनको भाउ आज तोलामा एक लाख ३६ हजार ८ सय रुपैयाँ

२८ चैत्र २०८०, बुधबार १२:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आज सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुन तोलाको एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार सात रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार छ सय ८५ रुपैयाँ रहेको थियो ।

२८ चैत्र २०८०, बुधबार १२:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस