|  

पोखराको सुइखेतमा बस दुर्घटना,८ जना घाइते

२९ चैत्र २०८०, बिहीबार १०:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका–२५ सुइखेतमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

आज बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बस सडक डिभाइडरमा ठोक्किएको हो।

३१ जना सवार बसमा प्रहरीले उद्धार गरी ८ जना घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ।

२९ चैत्र २०८०, बिहीबार १०:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस