|  

नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

३० चैत्र २०८०, शुक्रबार १३:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । काठमाडौंको नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका ४ बस्ने ३४ वर्षीय प्रज्ज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका १६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङ छन् ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०१००६ ख ५२१७ नम्बरको बसमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

 

३० चैत्र २०८०, शुक्रबार १३:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस