|  

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ हुने

२ बैशाख २०८१, आईतवार ०८:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २, काठमाडौँ । निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङ सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । अब दुई मिटर सुरुङ खन्न बाँकी छ, जुन ‘ब्रेक थ्रु’ गर्ने दिन पूरा हुनेछ । विस्फोटक पदार्थ प्रयोग गर्दै बाँकी खनेर ‘ब्रेक थ्रु’ गरिनेछ । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुगिनेछ । कुनै समस्या नआए सोमबार सुरुङको ‘ब्रेक थ्रु’ हुने नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए । काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किमि दूरीमा पुगिने सिस्ने खोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किमिमै पुगिने भएको आयोजनाले जनाएको छ ।

२ बैशाख २०८१, आईतवार ०८:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस