|  

धादिङ दुर्घटना अपडेट : मृतक संख्या २ पुग्यो, ६ घाइतेलाई हेलिकप्टरबाट उद्धारा

२ बैशाख २०८१, आईतवार १४:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको खाल्टेमा भएको ट्रक दुर्घनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । घाइते भएका थप एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल धादिङबेशीमा मृत्यु भएको हो ।

जिल्लाको निलकण्ठ नगपालिका ५ खाल्टेमा आइतबार बिहान बा २ ख ८९४७ नम्बरको ट्रक  मिनिट्रक दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । गंभिर घाइते अवस्थाका ७ जनालाई तत्काल उद्धार गरी स्थानीयले जिल्ला अस्पताल धादिङबेशी पु¥याएका थिए ।

जिल्ला अस्पताल पु¥याइएका ७ जना घाइतेमध्ये एक जनाको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

‘दुर्घटनामा परेको ट्रकमा ९ जना सवार थिए ।

२ बैशाख २०८१, आईतवार १४:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस