|  

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’, प्रधानमन्त्री दाहाल सहभागी हुने

३ बैशाख २०८१, सोमबार ०६:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ३, काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने ब्रेक थ्रू भएको छ ।

नागढुँगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

३ बैशाख २०८१, सोमबार ०६:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस