|  

प्याज, गोलभेडा, काउली, साग, बोडीदेखि घिरौलासम्मको मूल्यसूची कति छ ?

३ बैशाख २०८१, सोमबार ०९:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ३, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याज, गोलभेडा, ज्यापु काउली र च्याउको भाउ घटेको छ भने तने बोडी, रायोको साग र घिरौलालगायतको मूल्य बढेको छ ।

यसअघि प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा रहेको सुकेको प्याज ६७ रुपैयाँमा झरेको छ भने टनेल गोलभेडा ६५ रुपैयाँबाट घटेर ५३ रुपैयाँ ७५ पैसा कायम भएको छ । त्यस्तै, ज्यापु काउली प्रतिकेजी ६५ रुपैयाँबाट ५५ रुपैयाँमा झरेको छ भने ८५ रुपैयाँ पर्ने तने बोडीको भाउ बढेर १०८ रुपैयाँ पुगेको छ ।

यसैगरी कन्य च्याउ प्रतिकेजी ११६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर ९० रुपैयाँमा झरेको छ भने ३२६ रुपैयाँ ६७ पैसा पर्ने डल्ले च्याउको भाउ बढेर ३३८ रुपैयाँ पुगेको छ । यता, घिरौला प्रतिकेजी ८५ रुपैयाँबाट बढेर ९० रुपैयाँ र ९५ रुपैयाँ पर्ने रायोको सागलाई ११६ रुपैयाँ ६७ पैसा पुगेको मूल्यसूचीमा उल्लेख छ ।

३ बैशाख २०८१, सोमबार ०९:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस