|  

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३ बैशाख २०८१, सोमबार ११:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

३ बैशाख २०८१, सोमबार ११:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस