|  

धादिङका घुम्नै पर्ने १० ठाउँहरु कुन-कुन छन् ? ऐतिहासिक महत्वसहित हेर्नुहोस्

८ बैशाख २०८१, शनिबार ०७:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । पर्यटकिय तथा धार्मिक आस्था तथा सम्पदाहरुको बिकासमा धादिङ पनि अब्बल छ । यहाँका धेरै ठाउँहरु घुम्न लायक छन् ।
उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको एकमात्र नेपालको राजधानी काठमाडौं सँग जोडिएको जिल्ला धादिङ हो ।
कुल १९२४.९ वर्ग कि.मी क्षेत्रफल ओगटेको र प्रसिद्ध गाणेश हिमालको काखमा प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला, हिमशिखरहरु, ताल, झरनाहरु, गुफाहरु, जैविक विविधता, वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलहरुको रुपमा रहेको छ ।
धादिङ जिललाका घुम्नैपर्ने ठाउाहरु मध्ये पहिलो नम्बरमा छ सल्यानटार
नेपालको दोश्रो ठुलो टार, सल्यानटार
नेपालका चर्चित टारहरुमध्येको एक टार सल्यानटार बूढी गण्डकी र आँखु नदीको बीचमा रहेको छ । त्यसैगरी जिल्लामा ससाहटार कल्लेरीटार पिपलटार गजुरीटार फिसफिसेटार विशालटार रिचोकटार जस्ता प्रशस्तै टारहरु र बेंसीहरु रहेका छन् । सलयानटारमा निकै लामो समथर तराई जस्तै भुमि रहेको छ । यहाँ पुगने जोकोहि पनि बडो आनन्द मानने गर्दछन् ।
नजाने ब्यक्तिहरु प्नि एक पटक त्यहाँ पुग्नै पर्ने बताउँछन् ।
गंगा जमुनाः
गंगजमुनाझरर्ना ढाँडखर्कको सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा ढाँडखर्कको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी. को हाराहारीमा पर्ने गंगा र जमुना नामका दुइवटा झरना पहरावाट तल झर्दा सप्तरंगी इन्द्रेणीको एक अति आकर्षक दृश्य देख्न सकिन्छ ।
यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मुर्ति देख्न सकिन्छ । गंगा जमुनाकै साथमा करिब २०० मी. पर पश्चिम पट्टी रहेको कुकुर धाराको आफ्नै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत मुक्ति पाइन्छ भन्ने किंवदन्ती रहेको छ ।
त्रिशुली नदीमा ¥याफ्टीङ
पहाडको काखमा रहेको त्रिशुली नदीमा र्याफ्टीङ गराउने कार्यलाई व्यवसायीक रुपमा समेत विकास गरिएको छ । जसका कारण त्यस वरपर होटलहरुले राम्रो आम्दानी गरिरहेका छन् ।
बेल्खु–मलेखु चरौंदी देखि सुनखोलासम्म ¥याफटिङ गर्न सन्किन्छ । धादिङका घुम्ने स्थानहरुमध्ये यसलाई पनि एक मानिन्छ । जल यात्रामा बडो आनन्दका साथ शयर गर्दै आनन्द लिन सकिन्छ ।
मण्डली माई, हरेक मंगलबार जात्रा लाग्ने
ढोला मण्डलीमाईको उत्पतिको किंवदन्ती विचित्र किसिमको छ। ढोला मण्डलीमाईका पूजारी को भनाइअनुसार ढोलाकी मण्डलीमाईको उत्पति भएको समय लगभग १८५० सालतिर हो। पहिले दलितहरुले ढोला मण्डली माईको पूजा गर्न र दर्शन गर्न पाएका थिएनन् । अहिले खुला रुखपमा मण्डलीमाईको दर्शन र पूजा गर्न पाएका छन् । यहाँ पनि एक पटक पुग्नै पर्ने स्थानका रुपमा रहेको छ ।
गुप्तेब्वर
गल्छि गाउँपालिका वडा नम्बर ३ मा रहेको गुप्तेब्व महादेवको मन्दिर पनि ऐतिहासिक छ। बहिरमन्दिर छ भने भित्र ओढार छिरेर भगवानको दर्शन गर्न सकिन्छ । यहाँ पुगेपछि मनै आनन्द आउने छ । पहाडको टुपपोमा रहेको यस मन्दिरमा शिबात्रीका दिन बिषेश मेला लाग्ने गर्दछ । धादिङको यो क्षेत्र पनि निकै महत्व र घुम्नैपर्ने स्थानका रुपमा परिचित छ ।
सिद्धलेक ः
सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ। सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १५२५ मि. अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।
करिब १६ औं शताब्दीको इतिहास बोकेको सेमजोङ दरबार
चाख लाग्दो यस दरबारको विशेषताः दरबारको निर्माण्ँ वि.स. ४००–५०० तिर राजा तागुर र रानी सिलीङमोले गर्नुभएको प्रमाण्ँ यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ । त्यसबेला यस वाइबा राजाको राज्यमा क्षेत्री बाहुनहरुको बसोबास नभएको देखिन्छ । वाइबा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषि नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठा भ्यागुर खोज्ने र आङ्खनो राजालाई शिकार गर्न वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरीपरी ल्याईदिने गर्थे । राजाले जनवारलाई मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गरिन्थ्यो । यो क्षेत्र पनि अहिले घुम्न लायगक स्थान हो ।
पृथ्वीनारायण शाहको व्रतवन्ध स्थल मैदीकोट
नेपाली इतिहासका चर्चित पात्र पृथ्वीनारायण शाहको व्रतवन्ध स्थलका रुपमा परिचित धादिङ मैदी स्थित मैदि कोट पनि नेपाली इतिहासमा दर्ज भएको ठाउँ हो । पर्यटकिय विकासको सम्भावना रहेको मैदीकोटमा हरेक वर्षको दशैं नवमीका दिन मेला लाग्ने गरेको छ।
त्रिपूरा सुन्दरी मन्दिर
त्रिपुराशु्न्दर मा २ वटा मन्दीर र आगिञ्चोक १ वटा मन्दीर रहेको छ । नेपाल एकिकरण गर्ने समयमा पृथ्वीनारायण शाहले पनि उक्त मन्दिरमा आशिर्वाद थापेर गएपछि एकिकरण गर्न सहज भएको विश्वास गरीदै आएको छ । साविक आगिञ्चोक १ सल्यानवेसिमा रहेको मन्दीरबाट फागुन महिनामा दिन हेराएर नै सल्यानकोट ५ स्थित मन्दीरमा लगिन्छ । उक्त दिनमा भने त्यति ठुलो मेला लाग्दैन । सल्यानकोट ५ स्थित मन्दीरमा भने चैते दशैं र दशैंको अष्टमी तथा नवमीमा असंख्य वलीका साथ मेला लाग्दछ ।
गोरक्षधाम मन्दिर
जिवनपुरमा रहेको गोरक्षधाम मन्दिर पनि धादिङको घुम्नैपर्ने स्थानहरुमध्येको एक हो । यहाँ रहेका कलाकौशलपुर्ण निर्माण भएको मन्दिरको मोहडा र चारैतर्फ देबि देवताको मुर्तिले मननै लोभ्याउने गर्दछ । यहाँ बिषेशगरि साउने सोमबारहरु, शिवरात्री, श्रीकृष्ण जँमाष्टमी लगायतका हरेक प्रहरमा भजन किर्तनसहित नाचगान हुने गर्दछ । बेलुकी सधैँ शंख घण्ट बजाएर आरती हुन्छ भने बिहान पनि आरती हुने गर्दछ । अझ रोचक त के छ भने यहा बर्षेनी निशुल्क रुपमा ब्रतबन्ध पनि गरिँदै आईएको छ ।

८ बैशाख २०८१, शनिबार ०७:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस