|  

वेस्ट इन्डिज ‘ए’ विरुद्ध सागर ढकालले लिए एकै ओभरमा दुई विकेट

१६ बैशाख २०८१, आईतवार १२:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १६, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । नेपालका सागर ढकालले वेस्ट इन्डिजका उपकप्तान एलिक अथान्जे र जोनसन चार्ल्सलाई आउट गराएका हुन् ।

२।२ ओभरमा अथान्जे ढकालको बलबाट कुशल मल्लले क्याच आउट गराएका हुन् । २.५ ओभरमा चार्ल्स भने बोल्ड आउट भएका हुन् । वेस्ट इन्डिज ‘ए’ले २ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १८ रन बनाएर खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोजेको हो । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेल्न लागेको हो ।

१६ बैशाख २०८१, आईतवार १२:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस