|  

गोलाबारुद विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु

१६ बैशाख २०८१, आईतवार १२:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० जना कम्बोडियाली सैनिकको मृत्यु भएको बताएको छ।

प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत् जारी गरेका एक शोक सन्देशमा सैनिकको विस्फोटमा परी मृत्यु भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ,शनिबार दिउँसो कम्पोङ स्पेउ प्रान्तको सैनिक शिविरमा भएको विस्फोटमा कैयौँ सैनिक घाइते भएका छन् ।ु

प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा आफूले रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन्।

१६ बैशाख २०८१, आईतवार १२:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस