|  

अब चीनमा नेपाली नागरिकहरूले नि:शुल्क प्रवेश आज्ञा पाउने

१६ बैशाख २०८१, आईतवार १२:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १६, काठमाडौँ । चीन भ्रमणमा जाने नेपाली नागरिकहरूले निशुल्क प्रवेश आज्ञा पाउने भएका छन् । नेपालीहरूले प्रवेश आज्ञा लिएवापत रकम तिर्न नपर्ने भएको हो । चिनियाँ दूतावासले नेपाली नागरिकहरूले चीन भ्रमण गर्दा निशुल्क प्रवेश आज्ञा पाउने जनाएको छ । यद्यपि निश्चित सर्भिस चार्ज भने लाग्नेछ ।

चिनियाँ दूतावासका अनुसार मे १ देखि यो नियम लागू हुनेछ । नेपाल र चीनबीचको मित्रतालाई बढवा दिन निस्शुल्क भिसा प्रणाली लागू गरिएको नेपाली दूतावासले जनाएको छ । नेपाल सरकारले भने चिनियाँ नागरिकहरूलाई १५० दिनको भिसानिशुल्क उपलब्ध गराउँदै आएको छ ।

 

१६ बैशाख २०८१, आईतवार १२:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस