|  

शिक्षा सुधारमा गजुरी ७ र ८ मा छलफल : एक वडा एक आवासीय नमूना बिद्यालय बनाईने

१६ बैशाख २०८१, आईतवार १७:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । सामुदायिक बिद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष तथा प्रधानाध्यापकहरुको छलफल सम्पन्न भएको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ भित्र रहेका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुसँग छलफल गरिएको हो । पछिल्ला समयमा सामुदायिक बिद्यालयमा बिदार्थीहरुको संख्या घटिरहेको अबस्थामा यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर पनि छलफल गरिएको वडा नम्बर ७ अध्यक्ष बद्री प्रसाद जमकट्टेलले बताउनुभयो ।
भर्ना अभियान देखि बिद्यार्थीहरुलाई बिद्यालयसम्म ल्याउन गर्न सकिने काम, जिम्मेवारी लगायतका पक्षमा रहेर पनि छलफल गरिएको उहाँको भनाई छ ।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले स्थानिय सरकारले शिक्षामा सुधार गर्नका निम्ति विद्यार्थी सङ्ख्या कम भएका आवासीय बिधालयहरुलाई मर्च गरेर नमूना बिधालय बनाउने अबधाराणा बनाउनुपर्ने बताउनुभयो । विद्यार्थी सङ्ख्या कम भएको बिद्यालयलाई मर्च गरेर त्यस भवनलाई छात्राबास होस्टेलको ब्यबस्था गर्ने,शिक्षक अभिभावक एकजुट भएमा शिक्षामा सुधार आउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा शिक्षालाई गुणस्तरिय बनाउन पनि आबश्यक रहेको उपाध्यक्ष शर्मिला बिसुरालले बताउनुभयो । बिद्यालयलाई घरको रुपमा बिकास गर्ने, बोझ भन्दा पनि मनोरन्जनको थलोका रुपमा बिकास गर्नसके बिद्यालय बाहिर रहेका बिद्यार्थीहरु भर्ना अभियानमै सामेल गराउन सकनिे कुरामा जोड दिनुभयो ।

स्थानीय सरकार शिक्षा सुधार गर्ने नीति लिएर अगाडी बढेको छ । एक वडा एक आवासीय नमूना बिधालय बनाउन लागि लागिपरेको कुरामा अध्यक्ष गणेशलाल श्रेष्ठले जोडदिनुभयो ।

छलफल कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, गजुरी २,३,७ र ८ का वडा अध्यक्ष द्रोण कडेल,ऋषिलाल श्रेष्ठ ,बद्री प्रसाद जम्कटेल,देवराज ओझा,गापा स्रोत शिक्षक सुजन भण्डारी,गजुरी ६ का वडा सदस्य संगिता चेपाङ लगायतको सहभागी रहेको थियो ।

१६ बैशाख २०८१, आईतवार १७:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस