|  

आजकौ मौसम : पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित हल्का वर्षाको सम्भावना

१७ बैशाख २०८१, सोमबार ०६:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १७, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी , मधेस र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

१७ बैशाख २०८१, सोमबार ०६:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस