|  

इलाम-२ मा सुहाङको अग्रता बढ्यो, स्वतन्त्र उम्मेदवार थेगिमको कति ?

१७ बैशाख २०८१, सोमबार ०६:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १७, काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।
फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका ६ वडाबाहेक को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।

नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् ।

रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले ११६२ मत पाएका छन् । इलाम २ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

१७ बैशाख २०८१, सोमबार ०६:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस