|  

कम्बोडियाको एक गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

१७ बैशाख २०८१, सोमबार १२:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा २० जना सैनिकको मृत्यु भएको छ । शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताए ।

काम्पोङ स्पेउ प्रान्तको चबर मोन शहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमान्ड रहेको थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

 

१७ बैशाख २०८१, सोमबार १२:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस