|  

प्रहरीसँगको भिडन्तमा छत्तीसगढको बस्तरमा चार माओवादीको मृत्यु

१८ बैशाख २०८१, मंगलवार १३:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । छत्तीसगढको माओवादी प्रभावित जिल्ला नारायणपुरमा भएको भिडन्तमा चार माओवादी मारिएको दाबी प्रहरीले गरेको छ । प्रहरीका अनुसार माओवादी विरुद्धको कारवाहीका लागि अलग अलग टोलीलाई नारायणपुरको माढ क्षेत्रमा निस्किएको थियो ।

यस क्रममा प्रहरी र माओवादीबीच भिडन्त भएको र चार माओवादी मारिएको प्रहरीले बताएको छ । अहिले पनि सो क्षेत्रमा प्रहरीले खोजीकार्य जारी राखेको छ ।

‘मारिएका माओवादीको सङ्ख्या बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । कयौँ माओवादी घाइते भएको प्रमाण पनि भेटिएको छ ।

१८ बैशाख २०८१, मंगलवार १३:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस