|  

नेपालको काठमाण्डौँ विश्वकै प्रदूषित शहर, एक्यूआई अंक कति पुग्यो ?

२० बैशाख २०८१, बिहीबार १२:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वैशाख २०, काठमाण्डौँ । काठमाडौं उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आजपनि काठमाडौं उपत्यकाको वायु प्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ ।

बिहीबार १७८ एक्यूआइसहित काठमाडौं शीर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसावले अस्वस्थ मानिन्छ ।

त्यस्तै, दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १७० एक्यूआईसहित दोस्रो स्थानमा छ ।

प्रदूषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२० बैशाख २०८१, बिहीबार १२:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस