|  

अन्डाको समर्थन मूल्य घट्यो, प्रतिक्रेट ३३० देखि ३९५ सम्म

२० बैशाख २०८१, बिहीबार १२:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

बैशाख २०, काठमाडौँ । अन्डाको नयाँ बिक्री मुल्य तोकिएको छ । नेपाल लेयर कुखुरापालक संघको बैठकले आजैदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ । यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो ।

देशभर अन्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानिने गरिन्छ ।

२० बैशाख २०८१, बिहीबार १२:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस