|  

एक लाख ११ हजार पर्यटक अप्रिलमा मात्र भित्रिए

२० बैशाख २०८१, बिहीबार १३:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको हो। पर्यटकीय सिजन चलिरहँदा पर्यटकको आगमन बढेको छ।

अप्रिलमा सबैभन्दा बढी ३० हजार १५८ सय पर्यटक भित्रिएका छन्। त्यस्तै अमेरिकाबाट नौ हजार ९४७, चीनबाट नौ हजार ७५०, बेलायतबाट पाँच हजार ३९१ र अष्ट्रेलियाबाट चार हजार ११० पर्यटक भित्रिएका छन्।

स्तै बंगलादेशबाट चार हजार, फ्रान्सबाट तीन हजार ७५५, जर्मनीबाट तीन हजार २७०, रसियाबाट दुई हजार ९७७ र माल्दिभ्सबाट दुई हजार ३१० पर्यटक भित्रिएका छन्।

२० बैशाख २०८१, बिहीबार १३:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस