|  

खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्तिको अन्त्य हुन्छ : गृहमन्त्री लामिछाने

२० बैशाख २०८१, बिहीबार १३:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । गृहमन्त्री रवि लामिछाने अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्तिको अन्त्य हुने दाबी गरेका छन्। बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा उनले केदीलाई सम्मानजनक काम लगाउने विषयमा छलफल भइरहेको पनि बताए।

‘पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो छ। अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ। त्यसबारे छलफल सुरु गरिसकेका छौं,’ गृहमन्त्री लामिछानले भने।

साथै, उनले कैद मिनाहका लागि कैदीले पहुँच खोज्ने भन्दा पनि आचरण सुधार्नुपर्ने आवश्यक्ता औंल्याए। ‘असल आचरण हुनेका लागि कसैको पहुँच चाहिन्न, सरकार छ,’ गृहमन्त्री लामिछानेले भने।

 

 

२० बैशाख २०८१, बिहीबार १३:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस