|  

सर्वोच्चका न्यायाधीशद्वय फुयाँल र पौडेलको इजलासमा सिधाकुरा टिमको बयान हुँदै

२० बैशाख २०८१, बिहीबार १३:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सिधाकुरा टिमले आज बिहीबार सर्वोच्च अदालतमा बयान दिनुपर्ने भएको छ। सिधाकुरा टिमसँग बयान लिन सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा आजका लागि पेसी तोकिएको हो।

‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित र प्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमलाई बयानका लागि बोलाएको हो।

यसअघि सर्वोच्चले सिधाकुराका विवादित सामग्री २४ घण्टाभित्र हटाउन भनेको थियो। सिधाकुराले टिमले भने त्यसअघि नै युट्युबबाट सामग्री हटाइसकेको थियो।

 

२० बैशाख २०८१, बिहीबार १३:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस