|  

भारी वर्षाका कारण चीनमा राजमार्ग भत्कियो, ३४ जनाको मृत्यु

२० बैशाख २०८१, बिहीबार १३:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस १२ को एक भाग भत्किएको छ। सो दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।

दुर्घटना मेइझोउ हिल नजिकै बिहीबार बिहानी पख २ बजे भएको थियो । जसमा सडकको एउटा लेन १८ मिटर तल खसेको थियो। साउथ चाइना मर्निङ पोस्टका अनुसार राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रू बोकेका २० सवारी साधन तल खसेका थिए ।

२० बैशाख २०८१, बिहीबार १३:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस