|  

हरेक दु:खमा अध्यक्ष श्रेष्ठसँगै : गजुरीमा अपाङ्गता भएकालाई घरमै पुगेर ‘ह्वील चियर’ प्रदान

२६ बैशाख २०८१, बुधबार १४:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २६, काठमाण्डौँ । गजुरी गाउँपालिका वडा नम्बर २ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई ‘ह्वील चियर’ वितरण गरिएको छ । गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ लगायतको समुहले ह्वील चियर प्रदान गर्नुभएको हो । गजुरी २ मा रहेका अर्जुन परियार, हुम बहादुर मिजार र किशोर मिजारलाई ह्वील चियर र कम्बट वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

‘हामीले पनि स्थानीय सरकार भएको महसुस गर्न पायौँ, हामी जस्ता हिँड्डुल गर्न नै सकस भएका मान्छेलाई सजिलो बनाएको छ’ अर्जुन परियार बताउँछन् ।

उनी जस्तै अपांगता भएका सोही ठाउँका हुम बहादुर मिजारले ह्वील चियर नहुँदा हातले टेकेर हिँड्नुपरेको थियो । ह्वील चियर पाएपछि सहज भएको उनले बताए । ‘अपाङ्गता भएका ब्यक्तिलाई पालिका प्रमुख घरमै आएर ह्वील चियर दिँदा असाध्यै खुसी लाग्यो, हाम्रो दुख बुझिदिनुभयो, यही नै हाम्रो खुसी हो’, हुम बहादुर मिजारले बताए ।

पालिकाले हिँड्डुलमा सहज र सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरेको हो । प्रमुख श्रेष्ठले शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई हिँडडुल गर्न असहज भएकाले ह्विल चियर प्रदान गरिएको बताउनुभयो । ‘अपांगता भएका व्यक्तिलाई पालिकाले सहयोग गर्दै आइरहेको छ, अपांगता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न पालिकाले अपाङ्गमैत्री वातावरण सिर्जना गर्दै आइरहेको छ’, उहाँले भन्नुभयो ।

वितरण कार्यक्रममा गजुरी गापा अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ, गजुरी गाउँपालिका अध्यक्षका स्वकीय सचीव सुमन लो तामाङ, नेकपा माओवादी केन्द्र पार्टी अध्यक्ष गकुल गैरे, गजुरी गाउँपालिका इन्चार्ज प्रकाश उप्रेती, गाउँपालिका प्रहरी केशरमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

 

 

२६ बैशाख २०८१, बुधबार १४:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस