|  

काठमाडौं–तराई मधेस द्रुतमार्गको लेनडाँडा सुरुङ मार्ग ‘ब्रेक थ्रु’

५ जेष्ठ २०८१, शनिबार ०७:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ५, काठमाडौँ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई(मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङ मार्गको जोडी सुरुङे १,६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङ मार्गको ब्रेक थ्रु भएको जनाएको हो ।

‘नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई(मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं। २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको आज २०८१ जेठ ४ गते ब्रेक थ्रु भएको छ’, सेनाको विज्ञप्तिमा भनिएको छ ।

५ जेष्ठ २०८१, शनिबार ०७:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस