|  

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासहित शीर्ष नेतासँग छलफल गर्ने

५ जेष्ठ २०८१, शनिबार ०७:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताको बैठक आज बस्ने भएको छ । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग शुक्रबार ६ बजे तय भएको बैठक आज बिहान ८ बजेलाई सारिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनका अनुसार प्रधानमन्त्री दाहाल दाँतको उपचारका लागि अस्पताल जानुपर्ने भएकाले शुक्रबारको बैठक सरेको हो । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।

 

५ जेष्ठ २०८१, शनिबार ०७:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस