|  

नेपालमा कोरोनाको नयाँ ‘भेरियन्ट’ ‘केपी-१’ र ‘केपी-२’ पुष्टि

११ जेष्ठ २०८१, शुक्रबार १५:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ११, काठमाडौँ । नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ २ मा विभिन्न ४२ वटा नमूनाको जिन स्क्विेन्सिङ्ग गर्दा १२ वटामा केपी १ र १७ वटामा केपी २ सब भेरिएन्ट पुष्टि भएको जनाएको छ ।

प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले केपी २ नामक सब भेरिएन्टको बारेमा थप अध्ययन अनुसन्धान भइरहेको बताएको छ । जैसीले अहिलेसम्म केपी १ र केपी २ बढी संक्रामक भएको वा मृत्यु गराएको प्रमाण फेला नपरेकाले आत्तिनुभन्दा पनि सावधानी अपनाउन आग्रह गरे । ओमिक्रोनको यो सब भेरिएन्ट हालसम्म मभारत, सिङ्गापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

११ जेष्ठ २०८१, शुक्रबार १५:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस