|  

जीवन विकास लघुबित्त : सिद्धलेकमा ४ सदस्यको सहयोगसहित ६ जना बिद्यार्थीलाई नि:शुल्क शिक्षा !

१२ जेष्ठ २०८१, शनिबार १२:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । जीवन विकास लघुवित्त वित्तिय संस्था शाखा कार्यालय सिद्धलेकले केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष सबिता अर्यालको प्रमुख आथिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

आफ्ना निम्न बर्गको ४ सदस्यलाई सहयोग र सदस्य मध्यकै ६ जना बालबालिकाको १ वर्षका लागि शिक्षा खर्चको जिम्मा लिइएको सिद्धलेक शाखा प्रमुख सन्जय कुमार दासले जानकारी दिए। उनकाअनुसार संस्थाका उत्कृष्ट बचत कर्ता,उत्कृष्ट सफल ऋणी,उत्कृष्ट केन्द्रहरु र उत्कृष्ट एटिएम संचालन गरेर सेवा दिने संचालकलाई पुरस्कार वितरण गरि सम्मान गरीएको छ ।

यस लघुवित्तले विना धितो आफ्ना सदस्यहरुलाई ७ लाख सम्मको ऋण कर्जा उपलब्ध गराउंदै आएको छ । यो सेवाले विशेष गरि ग्रामीण भेगका समुदायलाई कृषि तथा घरेलु ब्यबसाय गर्नेलाई ठुलो टेवा पुगेको छ ।

संस्थाको मानव संसाधन बिभाग प्रमुख सुदिप कुमार मन्डलको अध्यक्षता सम्पन्न भएको कार्यक्रमममा बिशिस्ट अथितीको रुपमा सिद्धलेक गाउँपालिका वडा नं ३,४,५,६ र ७ का वडा अध्यक्षहरु साथै जीवन विकास मकवानपुर जिल्ला प्रमुख सुजन कुमार मन्डल र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

१२ जेष्ठ २०८१, शनिबार १२:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस