|  

गजुरीलाई बिकास निर्माणले ढकमक्क ढाक्यो : दरियाल खोला कज्वे उद्घाटनमा खुसियाली !

२१ जेष्ठ २०८१, सोमबार ०९:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गजुरी गाउँपालिकाका बिभिन्न ठाउँहरुलाई बिकासका लहरहरुले ढकमक्क ढाकिरहेको छ । कहिले खानेपानीका काम, कहिले शिक्षा सुधारका काम त कहिले रोजगारी भने कहिले अति आबश्यक रुपमा रहेका सडक बिकासका कुरा । बास्तवमा गजुरी गाउँपालिकाले अहिले मुहार नै फेरेको छ । दुई लेनभन्दा ठुला सडकको काम धमाधम भईरहनु र स्थानिय सडकलाई पनि बढी प्राथमिकता दिएर काम भईरहनु यो सरकारको सफलताको कडीका रुपमा लिन पनि सकिन्छ ।

सडक थिएन, बर्षामा ठूलो पानी पर्दा बिद्यालयसम्म जान सक्ने अबस्था थिएन । खोलामा बाढी बढ्दै गईरहेको हेरेर बसिरहनु बाहेक अरु बिकल्प थिएन । बिषेशगरि चेपाङ बसोबास रहेको गजुरी भोर्लेको जरे रिमलटार पुकुन सडक अन्तर्गत दरियाल खोला कज्वे उद्घाटन भएसँगै स्थानियहरुमा निकै खुसियाली छाएको छ । अब साना बालबालिकाहरु खोला ठुलो हुँदा पनि बिद्यालयसम्म जान सक्ने भएका छदन् । खेतबारीको काम गर्न आउजाउका लागी सजिलो भएको छ । बजार झर्न तथा काममा हिड्दा खोलाको पिर अब सदाको लागी अन्त्य भएको छ ।

यो बिकास नै अन्तिम बिका होईन, यहाँ त ठुलाने पुल नै बन्छ अहिले तत्कालको समस्या टार्नको लागी, यो अस्थायी रुपमा बलियो र टिकाउ कज्वे बनाएका छौँ । यसमा बिरोध हैन, कामको मुल्याङकन गरौँ । हामीले बिकास बिरोधी गर्नु हुँदैन, बिकासका सपना देख्नुपर्छ प्रमुख अतिथीका रुपमा आउनुभएका गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

अहिले बिकासका कामहरु धेरै भईरहेका छन् । बिकासको काममा पार्टीगत नभएर समग्र पालिकाको बिकासमा रहेर काम भईरहेको सषेश अतिथीका रुपमा रहनुभएका गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो ।

गजुरीको बिकबासमा सदैव रातदिन नभनी हरेक समय स्थानिय जनताहरुका लागी सुम्पिएको बताउँदै अबका दिनमा पनि हरेक जनताको घरदैलोमा पालिकासँगै रहेको पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले स्मरण गराउनुभयो । पानसमा बत्ति बालेर कार्यक्रमको सुभारम्भ भएको थियो भने रिवन काटेर कज्वेको उद्घाटन समेत गरिएको थियो । करिव ३५ लाखमा निर्माण भएको यो कज्वे उत्कृष्ट भएको भन्दै निर्माण कम्पनीका सन्तोष अधिकारी तथगा बलराम रिजाललाई माला तथा अबिर लगाएर सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका सभापति तथा वडा नम्बर ६ का अध्यक्ष कर्ण तामाङले बिकास निर्माणमा ६ नम्बर वडा पनि लागी रहेको बताउनुभयो । जनताहरुको दुखमा वडा तथा पालिकासँगै रहेकाले बिकासमा जुट्न सबै युवाहरुलाई आह्वान समेत गर्नुभएको छ ।

२१ जेष्ठ २०८१, सोमबार ०९:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस