|  

प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ ग्रहण समारोहमा जाने

२४ जेष्ठ २०८१, बिहीबार ११:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथ ग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन् । नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।

मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरुले जुन ८ मा मोदीले शपथ लिने तयारी गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् ।

जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ । मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३४ सिट जितेको छ । ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ ।

२४ जेष्ठ २०८१, बिहीबार ११:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस