|  

टी–२० विश्वकपमा अमेरिकाको ऐतिहासिक जित, पाकिस्तान पराजित

२५ जेष्ठ २०८१, शुक्रबार ०६:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २५, काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अमेरिकाले ऐतिहासिक जित हासिल गरेको छ ।
अमेरिकाले पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको हो । डालासमा बिहीबार राति भएको खेलमा अमेरिका सुपर ओभरमा विजयी भएको हो ।

खेलको निर्धारित २० ओभरमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन बनायो ।
जवाफमा अमेरिकाले पनि २० ओभरमा ३ विकेटको क्षतिमा १५९ रन नै बनायो । सुपर ओभरमा निर्णायक भएको खेलमा अमेरिकाले १ विकेटको क्षतिमा १८ रन बनाएकामा पाकिस्तानले १ विकेटको क्षतिमा १३ रनमात्र बनाउन सक्यो ।

यो विश्वकपको दोस्रो सुपर ओभरको खेल हो । यसअघि नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो । अमेरिकाले लगातार दोस्रो जित हासिल गरेर सुपर एटमा पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि अमेरिकाले क्यानाडालाई हराएको थियो । समूह एको अमेरिकाले २ खेलमा ४ अंक बटुलेको छ । आयरल्याण्डलाई हराएको भारतको १ खेलमा २ अंक छ । पाकिस्तान, क्यानाडा र आयरल्याण्ड अंकविहीन छन् ।

पाकिस्तानको सुपर एट मुस्किलतिर गएको छ । हरेक समूहबाट दुई टिम सुपर एटमा पुग्छन् ।

२५ जेष्ठ २०८१, शुक्रबार ०६:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस