|  

१४ किलो सुन तस्करी प्रकरणका आरोपीलाई छाड्न उच्च अदालतको अस्वीकार

२५ जेष्ठ २०८१, शुक्रबार ०७:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २५, काठमाडौँ । उच्च अदालत पाटनले १४ किलो सुन तस्करी प्रकरणका प्रतिवादीलाई थुनामै पठाउने आदेश गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले जिल्लाको फैसला सदर गर्दै उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो ।

जिल्ला अदालतको आदेशमा चित्त नबुझेर आरोपीहरू उच्च अदालत गएका थिए । सुन तस्करी प्रकरणमा लेकबहादुर तामाङ, रमेश देउला ,अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ, मीनबहादुर घले थुनामा छन् । जीवन गुरुङ भने धरौटीमा छुटेका थिए ।

२५ जेष्ठ २०८१, शुक्रबार ०७:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस