|  

नेपालको समूहमा रहेको नेदरल्याण्ड्स दक्षिण अफ्रिकासँग पराजित

२७ जेष्ठ २०८१, आईतवार ०८:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २७, काठमाण्डौँ । आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको नेदरल्याण्ड्स दक्षिण अफ्रिकासँग पराजित भएको छ ।

समूह ‘डी’ अन्तर्गत गएराति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ७ बल बाँकी छँदै भेट्टाएको हो ।

दुई खेल जितेको दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स तेस्रो र नेपाल चौथो स्थानमा छ।
नेपाल यसअघि नेदरल्याण्ड्ससँग पराजित भएको थियो । दुवै खेल हारेको श्रीलंका पुछारमा छ ।

 

२७ जेष्ठ २०८१, आईतवार ०८:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस