|  

विमानस्थलबाट सुनसहित चार जना पक्राउ

२७ जेष्ठ २०८१, आईतवार १५:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २७, काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् । भन्सार छलेर लैजान लगेको आरोपमा चार जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

कतार एयरको उडानमार्फत आएका मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला र रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाम आलमलाई शनिबार राति पक्राउ गरेको हो ।

उनीहरूलाई २५ ग्रामको सिक्री र ६९ ग्राम ९९ मिलिग्रामको काँचो सुनको डल्लोसहित पक्राउ गरेको हो । उनीहरूलाई विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।

शनिबार दिउँसो प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिँया छन् । उनीहरूबाट करिब ५० ग्राम सुनको सिक्री बरामद भएको थियो । ज्याउदिन कतार एयरको उडान दोहाबाट नेपाल आएका थिए । ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने छ ।

२७ जेष्ठ २०८१, आईतवार १५:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस