|  

सुदूरपश्चिम सरकार बिस्तार, भागबण्डा मिलाउन तीन मन्त्रालय फुटाइँदै

२८ जेष्ठ २०८१, सोमबार १२:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २८, कैलाली । सुदूरपश्चिम सरकारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएका छन् । केहीबेरपछि दुवै दलले नेकपा एकीकृत समाजवादीको नेतृत्वको सरकारीमा सहभागी हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाउने कार्यक्रम छ । त्यसअघि दुवै दलको संसदीय दलको बैठक बस्नेछ ।

सुदूरपश्चिममा एमाले र माओवादीका तीन–तीन जना मन्त्री बन्न लागेका हुन् । ‘आजै क्याविनेट विस्तार हुन्छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘मन्त्रीहरुको नियुक्ति र शपथको तयारी सुरु भइसकेको छ ।’

सुदूरपश्चिममा गठबन्धनभित्र भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी भएको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई तीन(तीन वटा मन्त्रालय दिनका लागि मन्त्रालय फुटाउन लागिएका हुन् । सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित सात मन्त्रालय छन् । तीन वटा फुटाएर १० मन्त्रालय बनाउने तयारी छ । संविधानमा पनि कूल प्रदेश सभा सदस्यको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधान छ । सुदूरपश्चिममा ५३ प्रदेश सभा सिट छ ।

२८ जेष्ठ २०८१, सोमबार १२:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस