|  

संसद्का दुवै सदनको बैठक बस्दै, कुन सदनको के छ कार्यसूची ?

२९ जेष्ठ २०८१, मंगलवार ०६:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २९, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।

विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत सम्भावित कार्यसूची छ ।

२९ जेष्ठ २०८१, मंगलवार ०६:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस