|  

मोदीलाई नेपाल भ्रमणको निम्तो

२९ जेष्ठ २०८१, मंगलवार ०८:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २९, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणले दुई छिमेकी देशबीचको सम्बन्ध थप सबल बनाउन भूमिका खेलेको बताए ।

भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी भएर हिजो बेलुका स्वदेश आएका प्रधानमन्त्री ‘प्रचण्ड’ ले त्रिभुवन विमानस्थलमा द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य बढाउने गरी प्रधानमन्त्री मोदीसँग छलफल भएको बताए ।

भ्रमणका क्रममा भएका भेटवार्तामा दुई देशबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने, सबै संयन्त्रलाई परिचालन गर्ने, संयन्त्रमार्फत् नै सीमा समस्याको समाधान खोज्ने, पञ्चेश्वर र अरुण आयोजना एवम् कृषि क्षेत्रमा सहकार्यलगायतका विषयमा गम्भीर छलफल भएको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

२९ जेष्ठ २०८१, मंगलवार ०८:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस