|  

मनसुन भित्रिए पनि देशभर गर्मी बढ्यो, तापक्रम ४० डिग्रीभन्दा माथि !

२९ जेष्ठ २०८१, मंगलवार ०८:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २९, काठमाण्डौँ । देशका केही ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चार वटा मापन केन्द्रमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हिजो बेलुका अधिकतम तापक्रम धनगढीमा ४४ डिग्री, नेपालगञ्जमा ४३ दशमलव ६, दीपायलमा ४० दशमलव ७ र वीरेन्द्रनगरमा ४० दशमलव ९ डिग्री मापन भएको छ । यस्तै दाङको घोराहीमा ३९ दशमलव ६, भैरहवामा ३९ दशमलव ८, सिमरामा ३७ दशमलव ५ र जनकपुरमा ३७ डिग्री पुगेको छ ।

हिजो काठमाण्डौमा पनि तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौमा तापक्रम ३४ दशमलव ४ डिग्री पुगेको यो वर्ष दोस्रो पटक हो ।

२९ जेष्ठ २०८१, मंगलवार ०८:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस