|  

गण्डकीमा मन्त्रिपरिषद विस्तार, देवकोटा र मनाङेले लिए शपथ

२९ जेष्ठ २०८१, मंगलवार १२:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २९, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रबहादुर पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रिपरिषदमा आज दुई मन्त्री थपेका छन् । नव नियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ दीपक मनाङेले मंगलबारै शपथ पनि लिएका छन् ।

प्रदेश प्रमुख कृष्णप्रसाद धितालले उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच शपथ ग्रहण गराएका हुन् । देवकाटोले ‘फ्लोर क्रस’ गरेर पाण्डेलाई सोमबार विश्वासको मत दिएका थिए भने स्वतन्त्र सांसद मनाङेले पाण्डेलाई मत दिएका थिए । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको रूपमा शपथ ग्रहण गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी भएका थिए । उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन् । मनाङे भने ६० सदस्यीय प्रदेश सभामा शक्ति जतातिर ढल्कियो, उतैतिर ढल्किँदै आएका छन् । स्वतन्त्र सांसद भए पनि पछिल्लोपल्ट उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

२९ जेष्ठ २०८१, मंगलवार १२:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस