|  

संसदमा ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

२९ जेष्ठ २०८१, मंगलवार १२:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २९, काठमाडौँ । आउँदो असार ६ गते प्रतिनिधिसभा बैठकमा प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । संसद सचिवालयले संसदीय क्यालेण्डर सार्वजनिक गर्दै असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जनाएको हो ।

प्रतिधिसभा नयिमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धति महत्वपूर्ण वषियमा प्रश्न सोध्न सभामुखले प्रत्येक महनिाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

२९ जेष्ठ २०८१, मंगलवार १२:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस