|  

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

२९ जेष्ठ २०८१, मंगलवार १३:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २९, काठमाडौँ । वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । गत जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि सोमबारको मिति निर्धारण गरिएको थियो ।

२९ जेष्ठ २०८१, मंगलवार १३:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस