|  

प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफल

२९ जेष्ठ २०८१, मंगलवार १४:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २९, काठमाडौँ । प्रतिनिधिसभामा आज देखि मन्त्रालयगत बजेटमाथिको छलफल थालिएको छ । मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल भइरहेको छ ।

बैठकमा सांसदहरु प्रेम सुवाल, सांसद डा। अमरेशकुमार सिंह, पुष्पबहादुर शाह, बद्रीप्रसाद पाण्डेले खर्च कटौतीको प्रस्ताव पेस गरेका छन् । मन्त्रालयगत बजेटको छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले प्रश्तुत गरेको बजेट पारित गर्ने कानुनी व्यवस्था छ ।

२९ जेष्ठ २०८१, मंगलवार १४:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस