|  

‘सन्दीपलाई अवरोध होला भनेर गोप्यरुपमा एक साताअघि नै क्यानडा पठाएका थियौं’

२९ जेष्ठ २०८१, मंगलवार १६:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २९, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठाउने क्रममा एक साता अगाडी नै क्यानडा पठाएको खुलासा गरेका छन् ।

नेपाल ट्युब अस्ट्रेलियाले युट्युबमा सार्बजनिक गरेको चन्दसँगको कुराकानीमा सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्यरुपमा क्यानडा पठाएको बताए । अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दावी गर्दै उनले हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासनायकेले सहयोग गरेको बताए । अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्याउन सन्दीपको ठुलो योगदान रहेकाले उनले विश्वकप खेल्न हकदार रहेको बताए ।

२९ जेष्ठ २०८१, मंगलवार १६:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस