|  

LGBTIQ समाज र राष्ट्र विकासको बाधक होइन होनाहार नागरिक हुन

४ माघ २०७६, शनिबार २१:३१ प्रकाशित
अमृता बजगाई

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सामान्यतया एल. जि. बि. टि. आई. भनेको तेस्रोलिंगी हो (L = lays been, G = Gay, B= Bisexual, T= transgender/ transwomen , I = intersex ) लेस्बियन भनेको केटी प्रति केटी आकर्षीत हुनु , गे भनेको केटा प्रति केटा आकर्षीत हुनु,बाइसेक्सुअल भनेको केटा केटी दुवैप्रति आकर्षीत हुनु, ट्रान्सजेंन्डर या ट्रान्सओमन भनेको जन्मिदा छोरा या छोरी भएर जन्म हुने तर पछि अपोजिट सेक्स बन्न ईच्छा हुने र सेक्स परिवतन गर्नु, इन्टरसेक्स जन्मिदा छोरा र छोरी दुबैको शारीरिक बनावट भएर जन्म हुनु, आधी छोरा आधी छोरीको शारीरिक बनावट हुनु हो lays been, Gay, Bisexual,फिलीङ मात्र हो भने transgender र intersex फिलीङ सहित शारीरिक परिवर्तन पनि हो र आजभोलि अाजभोलि Q=Queer पनि LGBTQ मा राखिन्छ | Queer भनेको केटा केटी दुवैप्रति अाकषित‌ नहुनु , एल. जि. बि. टि. आई. को ‍‌‌‌‌‌‌‌‌‌‌‍‍अधिकार र स्वतन्त्रताको लागि संविधानको पानामा शक्तिसालि अक्षर कोरेपनि एल. जि. बि. टि. आई.हरुले आफ्नो ‍अधिकार र स्वतन्त्रताको लागि संघर्ष गनुपर्ने अबस्था छ र एल. जि. बि. टि. आई. राष्टिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार भएता पनी विद्रान र महान मानिएका मानिसलाई सम्म यसबारे जानकारी छैन । एल. जि. बि. टि. आई. को बारेमा बुझ्न आज एकदमै जरुरी छ तब मात्र समानता निश्चत छ ।
LGBTIQ को लागि बिश्व मै राम्रो योजना र कानुन ल्याएको छ तर फिल्डमा कार्यन्वयन हुन सकेको छैन र अझै पनि कलेज र बैंकको फ्रममा महिला र पुरुष राखिएको हुन्छ र नेपालमा एउटै सेक्स बिचको विवाह स्वीकार नै गरिएको छैन। अहिले सम्म LGBTI ले सरकारी जागिर अप्लाई सम्म गदैनन किनकि उनीहरूको लागि कोटा सम्म छुटाएको हुदैन र प्राईभेट जागिर पनि डे टु डे काम गर्न कठिन भएर राति राति सेक्स ट्रेडमा काम गर्न बाध्य छन । हाल मात्र नभएर पुर्विय सभ्यतामा पनि फरक खालको यौनिकताका थुप्रै उदाहरण भेटिन्छन् ्र मन्दिरका टुँडालहरुमा समलैंगिक यौन आसनका काष्ठकला र वास्तुकला कुदिएका पाउँछौं । महाभारतको अर्जुनले वृन्दलाको रुप धारणा गरेको उल्लेख छ त्यो तेस्रोलिंगी महिला हो । त्यस्तै अहिप्पलाई हरिहरका पुत्रका रूपमा लिइन्छ । यस कथालाई मनन् गर्दा बिष्णु र महादेव बिच समलैंगिक यौन सम्बन्ध थियो । यसबाट पनि पुर्विय सभ्यता देखि नै फरक यौनिकताका बोकेका व्यक्तिहरू थिए भन्न सकिन्छ ।
LGBTI लाई समाजबाट घृिणा र तिरष्कार गरेर बाँच्न मुस्किल भएपछि ब्लु डायमन्ड सोसाइटी जस्ता संस्थाहरुलेएल. जि. बि. टि. आई. समुहलाई आफ्नो ‍अधिकार र स्वतन्त्रताको लागि संघर्ष गनुपर्छ भन्ने कुरा सिकाई तिनीहरुलाई विभिन्न रोजगारीको अवसर दिदै आएको छ र ब्लु डायमन्ड सोसाइटीले एल. जि. बि. टि. आई. हरुलाई तिनीहरुको पहिचान दिदै आएको छ । एल. जि. बि. टि. आई. यस संस्थामा खुलेर बोल्ने र आफ्नो अनुभव सुनाउने गदछन् । समाजमा आफ्नो पहिचान लुकाएर बसेको एल. जि. बि. टि. आई. त्यस संस्थामा खुल्नुको कारण त्यहाँ उनीहरूको सम्मान गरिन्छ । समाजबाट तिनीहरुलाई हेला अपहेलना र बहिस्कार गरेर बाँच्न मुस्किल पार्ने हुनाले कतिपय एल. जि. बि. टि. आई. ले पहिचान लुकाई राखेका छन् समाजमा खुलेर आफ्नो पहिचान भन्न सकेका छैनन । म ब्लु डायमन्ड सोसाइटीमा इन्टरसिपको लागि गरिएको छु ्र त्यहाँ जानु भन्दा अगाडि म एल. जि. बि. टि. आई. लाई देख्दा हास्ने र गिज्याउने गर्थे । त्यहाँ गएको एक दिनमै म मा पुरै परिवर्तन आयो । पहिला एल. जि. बि. टि. आई. को बारेमा थाहा नभएर त्यो सबै गरेको रहेछु्र त्यस्तै हाम्रो समाजमा थाहा नभएर हेला गर्ने, छुनु हुदैन यो रोग हो सर्छ भन्ने र उनिहरु संग कुरा सम्म नगर्ने , समाजिक कार्यक्रममा सहभागी हुन नदिने र समाजबाट निकाल्ने अपराधजन्य कार्य गरेका छन र यो सबै जनचेतनाको कमिले भएको हो । सबै माझ जनचेतना पुयाउन एल. जि. बि. टि. आई.हरूलाई हामी र हाम्रो समाजको जरुरी परेको छ ्र हाम्रो सहयोग र सपोटले उनिहरुहरूलाई अधिकार र स्वतन्त्रता दिई गुणस्तरीय समाज निमार्ण गर्न सकिन्छ । हामी सबै लागिपरे एक दिन अवश्य तिन जातिको समाज निमार्ण गर्न सकिन्छ । ति हुन पुरुष, महिला र एल. जि. बि. टि. आई. । समाज र राष्ट्र सबैको साझा घर हो ्र सबैलाई स्वतन्त्र भएर बाँच्न दिअौं र एल. जि. बि. टि. आई. हरूको एडभोकेटर भएर तिनीहरुलाई नागरिकता र बिवाह पत्र दिलाउन सहयोग गरी स्वतन्त्र भएर बाँच्न दिअौं । भेदभावरहित र स्वतन्त्र समाज नै विकास र समृद्धिको बाटो हो ्रत्यसैले एल. जि. बि. टि. आई. पनि सम्मान र इज्जत दिने गरअौं ्र एल. जि. बि. टि. आई. र हामी सबै एकै हौंउ त्यसैले उनीहरू फिलङको कदर गरऔं र हक हित दिलाअौं ।
सबैले बुझ्न जरुरी छ LGBTI पनि हाम्रो समाजको नै ब्याक्तीहरु हुन । संविधानले उनीहरु प्रती राम्रो नियम कानुन बनायको छ र त्यसलाई ब्यबहरमा उतार्ने हाम्रो पनि कर्तव्य हो । उनीहरुको बिश्वास भरोसा उत्प्रेरण बिकास गर्न सकियो भने कोइ पनि मानशिक तथा अन्य समस्या बाट जुध्नु पर्ने छैन । उनीहरुमा पनि क्षेमतामा कमि छैन कमि छ त केबल वातावरण अनि सोचको त्येसैले अब देखि उनिहरु पनि हामी जस्तै हुन भनी आ- आफ्नो ठाँउ बाट उत्साह भरोसा उत्पन हुने काम गरौं ।

४ माघ २०७६, शनिबार २१:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस