|  

ग्रामिण भेगमा साहारा बन्दै जीवन विकास लघुवित्त : सिद्धलेकका बालवालिकालाई निःशुल्क ट्युसन !

२७ चैत्र २०८०, मंगलवार १७:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । ग्रामिण भेगमा जनताको साहारा बन्दै आएको जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सिद्धलेकले सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धलेक गाउँपालीकाको ५ र ६ का आफ्ना सदस्यहरुका बालवालीकालाई निःशुल्क ट्युसन सञ्चालन गरेको छ । उक्त बालवालिकाको शिक्षामा गुणस्तर ल्याउन निःशुल्क ट्युसन क्लास सञ्चालनमा ल्याइएको हो ।
विशेषरुपमा पिछडिएका सदस्यका बालवालिकाहरुलाई राहत दिने उद्देश्यले निःशुल्क ट्युसनको व्यवस्था गरेको शाखा प्रमुख सन्जय कुमार दासले जानकारी दिए । यस्तो खालको शिक्षाले स्कुलमा पढाउँदा कमजोर भएका वालवालिकालाई ठुलो राहत मिल्ने कुम्पुर आधारभुत विद्यालयका शिक्षक गणेश श्रेष्ठले बताए ।
विगत ८ महिनादेखि यस ट्युसन सेन्टर नियमित रुपमा संचालन भइरहेको छ । शाखा प्रमुख दासले मासिक रुपमा नियमित निरीक्षण गर्नुका साथै वालवालिकालाई आवश्यक कपी, कलम लगायतका शैक्षिक सामग्री वितरणसमेत गर्दै आएका छन् ।
दलित, पिछडिएका र विपन्न वर्गको वालवालिका गरी झण्डै ३० जनाले विद्याथीले निःशुल्क ट्युसन पढिरहेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सिद्धलेकको यो कार्य प्र्रति स्थानिय निकै खुसी भएका छ ।

२७ चैत्र २०८०, मंगलवार १७:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस