|  

रसुवागढी र तातोपानी नाका ठप्प : दशैँका लागि ल्याइएका सामान नाकामै

४ भाद्र २०७९, शनिबार ०९:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ । दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको छ । कोरोना जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा व्यापारी चिन्तित भएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको बताउनुभयो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पनि तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको बताउनुभयो ।

तातोपानी र रसुवागढी नाका बन्द भएका कारण दशैँका लागि भनेर अर्डर गरिएका लत्ता कपडा, फलफूल, थानका कपडा र मेसिनरी सामान बाटोमै रोकिएका व्यापारीले बताएका छन् । तत्काल नाका नखुले दशैँ बजार नै प्रभावित हुन सक्ने व्यापारीहरुको भनाइ छ ।

४ भाद्र २०७९, शनिबार ०९:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस