|  

निलम्बित प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरासँग समितिले बयान लिँदै

१५ भाद्र २०७९, बुधबार ०८:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


संसदको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदैछ । समितिले आज प्रधानन्यायाधीश राणालाई बयानका लागि बोलाएको हाे ।

समितिले विभिन्न २१वटा विषयसँग जोडिएका प्रश्नको जवाफ राणासँग माग्ने तयारी गरेको छ । महाअभियोग समितिले प्रश्नावलीहरूको तयारी गरेको थियो ।

राणालाई महाअभियोग लगाउनुपर्ने कारणहरूको अध्ययन गर्ने र आवश्यक प्रमाणहरू जुटाउने क्रममा विभिन्न स्रोतबाट प्रमाणहरू जुटाइएका छन् । त्यसमा नेपाल बार एसोसिएसनले पनि लामो विवरण समितिलाई बुझाएको छ ।

राणाले प्रधानन्यायाधीशको हैसियतमा भ्रष्टाचार गरेको सन्दर्भलाई बलियो मुद्दा बनाउने तयारीमा समिति रहेको छ । समितिले त्यसैको सेरोफेरोमा रहेर प्रश्नहरू तयार पारेकाे छ । राणाले भ्रष्टाचार गरेको, न्यायपरिषद्‌मा विवाद निकालेकाे, सहकर्मीले इजलासमा सँगै नबसेकोलगायतका दर्जनौँ प्रश्नहरू तयार गरेको बताइएको छ ।

१५ भाद्र २०७९, बुधबार ०८:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस