|  

माओवादी धादिङ क्षेत्र नम्बर १ को बैठक आज बस्दै, उम्मेदवार सिफारिस गर्ने

१७ भाद्र २०७९, शुक्रबार ०८:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


माओवादी केन्द्र धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को बैठक गजुरीमा आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकले यस क्षेत्र र यस क्षेत्र भित्र पर्ने दुबै प्रदेशका लागि उम्मेदवारहरुको नाम जिल्ला कार्यसमितिमा सिफारिस गर्ने छ ।
प्रतिनीधि सभा क्षेत्र नम्बर १ इन्चार्ज एवम् बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकका अनुसार आज आकांक्षी उम्मेदवारहरुको नाम छनोट गरि जिल्ला कार्य समितिमा सिफारिस हुने छ ।
गठबन्धन हुँदा कुन लिने र नहुँदा को को उम्मेदवार उठाए चुनाव जितिन्छ निर्मम भएर वैठकमा छलफल गरिने समेत उनले बताए । स्रोतका अनुसार यो क्षेत्रको बाट जिल्ला इन्चार्ज समेत रहेका शालिक राम जमकट्टेललाई सर्वसम्मत संघिय साँसद टिकटको लागि सिफारिस गर्ने छ ।

१७ भाद्र २०७९, शुक्रबार ०८:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस