|  

नारायणगढ–मुग्लिन सडकखण्डको केराघारी र १८ किलोमा पहिरो जाँदा अवरुद्ध

१७ भाद्र २०७९, शुक्रबार ०९:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चितवन — नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ ।
निरन्तरको वर्षात्‌का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।

सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो । रासस

१७ भाद्र २०७९, शुक्रबार ०९:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस