|  

माओवादी केन्द्र धादिङको बैठक आज बस्दै, आकांक्षीको नाम प्रदेशमा सिफारिस गर्ने

१९ भाद्र २०७९, आईतवार ०७:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । यहि मंसिर ४ गते हुने संघिय तथा प्रदेश सभा निर्वाचनको लागि माओवादी केन्द्रले तयारी थालेको छ । निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा माओवादी केन्द्र धादिङको बैठक आज धादिङबेसीमा बस्ने भएको छ । माओवादी केन्द्र धादिङका जिल्ला सचिव दिपक लामिछानेका अनुसार बैठकले प्रतिनीधिसभा सभा क्षेत्र र प्रदेशक्षेत्रबाट सिफारिस भएर आएका आकांक्षी उम्मेदवारहरुको नाम परिमार्जन सहित बागमती प्रदेश कमिटीमा सिफरिस गर्ने छ ।

माओवादी धादिङ प्रतिनीधिसभा क्षेत्र नम्बर १ र यस प्रदेशको क र ख ले शुक्रबार ३० जना र प्रतिनीधिसभा क्षेत्र नम्बर २ र यस प्रदेशको क र ख ले २७ जना आकांक्षी उम्मेदवारहरुको नाम पार्टी जिल्ला समन्वय समितिमा सिफरिस गरेका छन् । सिफारिस भएको आकांक्षी उम्मेदवारहरुको नाम केही परिमार्जन सहित माओवादी केन्द्रको प्रदेश समितीमा पठाईने लामिछानेले प्रदेश हब डटकमलाई बताए ।

यी हुन् माओवादीकेन्द्र धादिङको संघ र प्रदेश क्षेत्रबाट सिफारिस भएर आएका आकांक्षी उम्मेदवारहरु :
प्रतिनीधि सभा क्षेत्र नम्बर १
प्रत्यक्ष तर्फ
शालिकराम जमकट्टेल
समानुपातिकमा
राजन रेग्मी निशान
खेम भुजेल

१ को प्रदेश क बाट
प्रत्यक्ष तर्फ
दिपक लामिछाने सुवोध
नारायण लामिछाने नरेश
रामचन्द्र रिजाल नरेश
नकुल थापा करुण
समानुपातिकमा
कृष्ण रेग्मी
राजकुमार पाठक
राम नेपाली
कुमार तामाङ
रामशण सेन्चुरी
बासु बासकोटालाई

१ को प्रदेश ख बाट
प्रत्यक्ष तर्फ
शालिकराम जमकट्टेल
चन्द्रबहादुर सिलवाल मिलन
पित्तबहादुर डल्लाकोटी हरी
ध्रुव सुवेदी अरुण
पुष्प थपलिया
बुद्ध गुरुङ
सम्झना पण्डित
समानुपातिक तर्फ
संगिता कँडेल दिपा
दुर्लभ तामाङ
सुर्य तामाङ
पूर्णिमाया चेपाङ
चेलिमायाँ तामाङ
अर्जुन भुजेल
रामशरण श्रेष्ठ
रामकृष्ण सिर्मल
पुष्पा अधिकारी

प्रतिनीधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन चाहाने आकांक्षीहरु
प्रत्यक्ष तर्फ
ओम शर्मा
कल्पना धमला
रामबहादुर भण्डारी
राम प्रसाद सापकोटा
ज्योती अधिकारी
समानुपातिक तर्फ
बेदनीधि अधिकारी
अप्सरा सिंखडा ‘दिपा’
केशरी प्रसाद पन्त
रामबहादुर बस्याल

प्रतिनीधिसभा क्षेत्र नम्बर २ ‘क’ बाट सिफारिस भएका आकांक्षीहरु
प्रत्यक्ष तर्फ
मोहन कार्की
मनराज भण्डारी
शम्भु श्रेष्ठ
शंकर अधिकारी
युवराज खतिवडा
समानुपातिक तर्फ
सोम्बोले तामाङ
लक्ष्मी थापामगर
उर्मिला तामाङ
अमृत तामाङ

प्रतिनीधिसभा क्षेत्र नम्बर २ ‘ख’ बाट सिफारिस भएका आकांक्षीहरु
प्रत्यक्ष तर्फ
जगत सिंखडा
दलबहादुर बुर्लाकोटी
पुष्पविक्रम मल्ल
रामबहादुर भण्डारी
समानुपातिक तर्फ
अप्सरा सिंखडा ‘दिपा’
विमल तामाङ
मिम्बा तामाङ
सरला धमला
सुशीला थापा

१९ भाद्र २०७९, आईतवार ०७:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस